जेनजी आन्दोलनकारीले घर जलाउदा जलेकी झलनाथ खनालकी श्रीमतीलाई एयर एम्बुलेन्स मार्फत भारत लगियो

जेनजी आन्दोलनकारीले घर जलाउदा जलेकी झलनाथ खनालकी श्रीमतीलाई एयर एम्बुलेन्स मार्फत भारत लगियो

  • मङ्लबार, अशोज ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

जेनजी आन्दोलनमा घरसँगै जल्दा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारको लागि भारतको नयाँ दिल्ली लगिएको छ।

स्वास्थ्यमा पूर्ण सुधार नभएपछि चित्रकारलाई थप उपचारको लागि सोमबार राति नौबजे भारत लगिएको एकीकृत समाजवादीकी नेतृ आरती लामाले जानकारी दिइन्। पत्नीको उपचारको लागि नेता खनाल आफैँ भारत गएका छन्।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो। भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन्।

बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो।

७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ