हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङलाई जेनजी आन्दोलनका घाइतेहरूले जेनजीको नेता हुँ भन्दै नहिँड्न चेतावनी दिएका छन्।
आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका जेनजी आन्दोलनका घाइतेहरूले नेता हुँ भन्दै नहिँड्न भनेका हुन्।
जेनजीका घाइतेहरू आज गृहमन्त्रीलाई भेट्न सिंहदरबार जानेक्रममा सिंहदरबार दक्षिण गेटमा रोकिएका थिए।
नाराबाजी गर्दै धर्ना बसेपछि प्रहरीले गाडीमा राखेर गृहमन्त्रालय पुर्याएको थियो। सञ्चारकर्मीसँग कुरा गर्दै घाइतेहरूले गुरुङ, एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतमाथि आक्रोश पोखेका छन्।
उनीहरूले गुरुङको गतिविधिमाथि प्रश्न उठाए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline