असोज ५ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्। आइतबार जारी पार्टी पदाधिकारी बैठकमा १ घण्टा सम्बोधन गरेका उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
ुविशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ,ु प्रचण्डले प्रस्ताव गरेका छन् ।
पदाधिकारी बैठकले प्रचण्डको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ। केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भंग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ।
महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउनेछ।
प्रचण्डले अबको एक हप्ताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव पनि राखेका छन्।
जारी पदाधिकारी बैठकमा एक घण्टा देशको वर्तमान अवस्था, पछिल्ला राजनीतिक घटनाक्रमको विकास र माओवादी पार्टीले लिने कदमबारे बोल्दै प्रचण्डले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने भनेका हुन्।
जेनजी विद्रोहपछि प्रचण्डले नयाँ रणनीति लिएका हुन् ।