जेनजीको आवरणमा विध्वंस मच्चाईयो : पूर्व राष्ट्रपति भण्डारी

जेनजीको आवरणमा विध्वंस मच्चाईयो : पूर्व राष्ट्रपति भण्डारी

  • शुक्रबार, अशोज ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन्।
शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन्।

शान्तिपूर्ण ढंगले आफ्ना मागहरू राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेनजीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको उनले बताइन्। यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने उनले बताइन्। राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास नहुने उनको जिकिर थियो।

उनले भनिन्, ‘नेपाल प्रहरीको ठूलो क्षति भएको छ। यसमा राज्यले समयमा नै हेरेर भौतिक व्यवस्थाका साथसाथै जुन ढंगले उहाँहरूलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउनुपर्छ। २३ गतेको घटना सामान्य रूपमा हेरेको हो। नयाँ पुस्ता जसलाई जेनजीको रूपमा परिभाषित गरेका छन्। उहाँहरू शान्तिपूर्ण ढंगले नै केही जिज्ञासा देखाउने भनेर लाग्नुभएको भन्ने बुझेको हो। त्यो स्थिति रहेन। उहाँहरूले पनि प्रशासनसँग पनि शान्तिपूर्ण रूपमा प्रदर्शन गर्छौं भनेपछि प्रशासनको पनि त्यति ध्यान गएन। तर जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भयो। यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ। जे भयो यो एकदमै गलत भयो। शान्तिपूर्ण ढंगले आन्दोलनमा निस्किएकाहरूप्रति कसरी प्रहारहरू भयो त्यो पनि बुझ्नुपर्छ। कता पट्टिबाट सुरू भयो भन्ने कुरा। कसरी अचानक रूपमा आयो। राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास चाँडै हुँदैन।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ