संविधान दिवसका अवसरमा टुडिखेलमा भव्य कार्यक्रम ( तस्वीरहरु )

संविधान दिवसका अवसरमा टुडिखेलमा भव्य कार्यक्रम ( तस्वीरहरु )

  • शुक्रबार, अशोज ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, असोज ३ गते । ११ औँ संविधान दिवसका अवसरमा टुडिखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

सरकारले आयोजना गरेको समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहित उच्च पदस्थ अधिकारीहरु उपस्थित थिए । कार्यक्रममा सेनाले विभिन्न मार्च गरेको थियो ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्म भएको बताउनु भएको छ ।

प्रधानमन्त्री कार्कीले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्यांकन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने संकल्प व्यक्त गर्नुभएको छ ।

उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनको प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको प्रतिफलका रूपमा व्याख्या गर्दै लोकतन्त्र भनेको संवाद र समाधान खोज्ने प्रणाली भएकाले सरकार जनताका आवाज सुन्न र सम्बोधन गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफू अन्तरिम व्यवस्थापनका लागि प्रधानमन्त्री बनेको स्पष्ट गर्दै छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने बताउनुभयो ।

संविधान दिवसको अवसरमा उहाँले जनआन्दोलनदेखि हालको आन्दोलनमा प्राण गुमाउने शहीदप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ र क्षतिको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभयो ।

साथै, सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासका प्रश्नलाई राष्ट्रिय एजेन्डा मानेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ