सच्चा जेनजीले देशमा आगो लगाएको हैन घुसपैठ र षड्यन्त्रमा भएको हो : प्रचण्ड

सच्चा जेनजीले देशमा आगो लगाएको हैन घुसपैठ र षड्यन्त्रमा भएको हो : प्रचण्ड

  • शुक्रबार, अशोज ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौं असोज ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको बताएका छन्।

आज संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदर्शनमा जेनजीको घोषित नीति र माग भन्दा बाहिर भयानक घुषपेठ र डिजाइनमा देशमा विध्वंस मच्चाइएको बताएका हुन्। सच्चा जेनजीले सच्चा जेनजीले आगजनी र तोडफोड नगरौं भनेको आफूले सुनेको बताए।

आफ्नो पार्टीले संविधान बनाउने बेला देखि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति , पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानको कुरा समेट्न फरक मत राखेको भन्दै ठूला दलहरुले त्यो कुरा नसुन्दा अहिले जेनजीले आन्दोलन गर्नु पर्ने अवस्था आएको उनले बताए ।

अझै पनि संविधान शंसोधन गरेर प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन गर्न सकिने उनको भनाई छ ।

परिघटनापछि संसद भंग गर्ने, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने षड्यन्त्र थियो भन्दै प्रचण्डले आफूले समेत सहजिकरण गर्ने काम गरेको र अन्तिममा राष्ट्रपतिले ठूलो जोखिम मोलेर संविधानको रक्षा गरेको भन्दै बधाई दिए ।

‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ