मेरो राजीनामा पछि सिंहदरबार जलाईएको छ , देशको निशानी मेटाउने षड्यन्त्र भएको छ : ओली

मेरो राजीनामा पछि सिंहदरबार जलाईएको छ , देशको निशानी मेटाउने षड्यन्त्र भएको छ : ओली

  • शुक्रबार, अशोज ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

असोज ३ काठमाण्डौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भदौ २३ गते भएको जेनजी आन्दोलनमा गोली हान्ने आदेश नदिएको बताएका छन् ।

ओलीले आन्दोलनकारीमाथि प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको भन्ने सुनिभएको र यसको छानविन हुनु पर्ने पनि बताएका छन् ।

उनले यो आन्दोलनमा ठूलो षड्यन्त्र र घुसपैठ भएको, आफ्नो राजीनामा पछि सिंहदरबार जलाईएको र देशको नक्सा जलाएर निशानी मेटाउन खोजीएको बताएका छन् ।
ु हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ , नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ,ु उनले भनेका छन्।

,यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफै बयान दिनेछ, उनले भनेका छन्, हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो रु यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ