डकैती शैलीमा हमला भयो, घरमा पैसाको सुरुङ भेटिएको भ्रामक हल्ला फैलाईयो : देउवा सचिवालय

डकैती शैलीमा हमला भयो, घरमा पैसाको सुरुङ भेटिएको भ्रामक हल्ला फैलाईयो : देउवा सचिवालय

  • शुक्रबार, अशोज ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बदनाम गर्न सामाजिक सञ्जालमा विभिन्न भ्रामक खबर फैलाइएको बताएका छन्।

बिहीबार देउवाको निजी सचिवा भानु देउवाले विज्ञप्ति जारी गरी ‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ रहेको’ जस्ता कपोकल्पित समाचार सम्प्रेषण भएको जनाएको छ।

जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको देउवाका स्वकिय सचिव भानु देउवाले स्पष्ट पारेका छन्।

‘सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार हुन्’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक सञ्जालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु।’

विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणामाथि डकैती शैलीमा आक्रमण भएको बताइएको छ।

‘जेनजीको आन्दोलनलाई धमिलो बनाई आ–आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भत्सना गर्दछौं। भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा आरजु राणा देउवा लगायत माथि सांघातिक आक्रमण भएको हो’ विज्ञप्तिमा उल्लेख छ।

देउवाले विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अन्डर ग्राउन्ड ट्यांकीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएको भन्दै उक्त पानी ट्याङ्की रहेको स्पष्ट पारेका छन्।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण हुँदा पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणा घाइते भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ