हामीले विगतमा दर्ज गरेको फरक मत र जेनजी आन्दोलनका अहिलेका माग समान छन् : प्रचण्ड ( भिडियो सहित )

हामीले विगतमा दर्ज गरेको फरक मत र जेनजी आन्दोलनका अहिलेका माग समान छन् : प्रचण्ड ( भिडियो सहित )

  • बिहिबार, अशोज २, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

असोज २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान सभाबाट संविधान जारी गर्ने क्रममा पार्टीले राखेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्धा फरक मतको रुपमा राखेको र अहिले जेनजी पुस्ताको आन्दोलनले पनि यो कुरा उठाएको र यो मुद्धा समान भएको बताएका छन् ।

संविधान दिवसको पूर्व सन्ध्यामा जारी आफ्नो सन्देशमा प्रचण्डले संविधान सभामा पार्टीको आकार सानो भएकाले यसलाई काँग्रेस र एमालेले आफ्नो पार्टीको फरक मतलाई नसुनिएको स्मरण गरे ।

अहिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन माओवादी आन्दोलनले सम्झौताबाट पूरा गर्न नसकेमा मागहरुकै अभिव्यक्ति भएको भन्दै जेनजी आन्दोलनको उपलव्धि अन्तरीम सरकार गठन र निर्वाचनको घोषणामा मात्रै सीमित हुन पुगेको भन्दै यो आन्दोलन शासकीय स्वरुप परिवर्तन गर्ने अवसर गुमेको बताए ।

प्रचण्डले संसद विघटन नगरी शासकीय स्वरुपमा संविधान शंसोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरेर त्यसपछि संसद विघटन गरेको भए राम्रो हुने थियो भन्दै राज्यले भदौ २३ गते गरेको युवाहरुको नृसंस हत्याले २४ गतेको परिणाम आएको भन्दै यी दुबै घटनाको निष्पक्ष छानविन र दोषीमाथि कार्बाही गर्नु पर्ने बताए ।

उनले आफ्नो पार्टीले गलत नीति नलिए पनि व्यवहारमा कमजोरी भएको स्वीकार गर्दै एक्लै सरकारको नेतृत्व गर्ने शक्ति कहिले पनि नपुगेको र गठबन्धनबाट सरकार चलाउदा विकास र सुसासनका पक्षमा अपेक्षा गरेजति काम गर्न नसकेको बताए ।

उनले अब घोषित मितिमै निर्वाचन होस् भन्ने अपेक्षा रहेको भन्दै संविधान र लोकतन्त्र भन्दा पछाडी फर्किएर जान नसकिने भन्दै सबै परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता चाहेको बताएका छन् ।
उनले जेनजी आन्दोलनका ७० भन्दा बढी युवाको हत्याको शोकमा देश रहेको भन्दै अब देशको पुननिर्माणमा सबैले संकल्प लिएर काम गर्नु पर्ने बताए ।

साथै प्रचण्डले पार्टी कार्यकर्ताहरुलाई सार्वजनिक क्षेत्रको पुननिर्माणमा सक्रियतापुर्वक सहभागी हुन निर्देशन पनि दिएका छन् ।

‘तपाइँहरुले देखिरहनुभएको छ, हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं। हामीले निश्चित विधि र प्रक्रियामा नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहेका छौँ,’ उनले भने, ‘लोकतन्त्रको यो झण्डामा सबैभन्दा धेरै रगत हाम्रै छ। जनतासँग प्रत्यक्ष र सार्थक सम्बन्ध कायम गरेर हामी यो झण्डाको रक्षा गर्नेछौँ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ