प्रधानमन्त्री कार्कीलाई मोदीले भने नेपाललाई सहयोग निरन्तर रहन्छ

प्रधानमन्त्री कार्कीलाई मोदीले भने नेपाललाई सहयोग निरन्तर रहन्छ

  • बिहिबार, अशोज २, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

२ असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले छलफलपछि एक्समा जानकारी दिएका छन् ।

यसअघि सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै मोदीले बधाई दिइसकेका थिए । आज भने टेलिफोन वार्ता भएको हो ।
मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदना पनि प्रकट गरेका थिए ।

‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग आत्मीय कुराकानी भयो । हालैको दुस्खद घटनामा ज्यान गुमाउनेप्रति हार्दिक समवेदना व्यक्त गरेँ,’ मोदीले लेखेका छन् ।

उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ