आफू संविधान बाहिर नजाने राष्ट्रपतिको प्रतिवद्धता

आफू संविधान बाहिर नजाने राष्ट्रपतिको प्रतिवद्धता

  • बिहिबार, अशोज २, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

असोज २ काठमाण्डौँ । विभिन्न क्षेत्रका नागरिक अगुवाहरूले अन्तरिम सरकार गठन संविधानसम्मत नभए पनि विषम परिस्थितिमा चालिएको कदम भन्दै संविधानमाथिको ग्रहण अस्थायी हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

आज शीतलनिवास पुगेर उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ४ बुँदे सुझाव पेस गरी सबै मिले चुनाव सफल बनाउन लाग्नुपर्ने धारणा पनि राखेका छन्।

‘आन्दोलनकारीहरूको मागअनुसार प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले राजनीतिक दलहरूको समेत विश्वास जुटाउँदै तोकिएको समयमा लोकतान्त्रिक मूल्य(मान्यताअनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु नै वर्तमान सरकार प्रमुखको कार्यभार हुनुपर्दछ,’ उनीहरूले बुझाएको सुझावपत्रमा लेखिएको छ, ‘यो सरकारले अब जेन जी आन्दोलनकारीहरू, दलहरू र नागरिक समाजसँग समन्वयात्मक ढंगले काम गर्न सक्नुपर्छ। त्यस्तो समन्वय गर्न, आपसी समझदारी बढाउन र विश्वासको वातावरण बनाउनमा यत्तिबेला सम्माननीय राष्ट्रपतिज्यूको महत्त्वपूर्ण योगदान हुनेछ।’

उनीहरूले चुनाव सफल गराउन राष्ट्रपतिमार्फत सबै पक्षको ध्यानाकर्षण पनि गराएका छन्।

जवाफमा राष्ट्रपति पौडलले आफू अब संविधानभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ