काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा।सिके राउतलाई पार्टी नेतृत्वबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका छन् ।
उनीसँगै सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन भनेका छन् ।
पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गरेर राजीनामा दिन अल्टिमेटम दिएका हुन् ।
उनीहरूको राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा।शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline