तिलगंगा आखा प्रतिष्ठानका प्रमुख डा. सन्दुक रुईतले मन्त्री बन्न अस्वीका। गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा। सन्दुक रूइतलाई भेटेर सहयोग गर्न गरेको आग्रह उनले अस्वीकार गरेका हुन् ।
मंगलबार बिहान प्रधानमन्त्री कार्कीले डा. रूइतसँग भेटेर कुराकानी गरेकी हुन्।
उनीहरूबीच के विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्कीले बताएकी छैनन्। तिलगंगा आँखा प्रतिष्ठानअघि पत्रकारहरूले प्रधानमन्त्री कार्कीलाई के विषयमा कुराकानी भएको हो भनेर सोधेका थिए।
प्रधानमन्त्री कार्कीले केही जबाफ नदिएपछि पत्रकारहरूले डा. रूइतसँग बुझेका थिए।
यसै सन्दर्भमा पत्रकारहरूले डा. रूइतलाई मन्त्री हुन जाने हो भनेर सोधेका थिए। जबाफमा डा. रूइतले भने, ‘यत्रो छ यहाँ ९आँखा अस्पतालमा० काम छाडेर आउने ? बिरामीलाई छाडेर आउँदैन।’
अहिले चार सदस्यको मन्त्रिमण्डल बनिसकेको छ। कार्की नेतृत्वको सरकारले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने भएको छ ।