जलेको पार्टी कार्यलय अवलोकन गर्दै प्रचण्डले भने, अब नयाँ र भव्य कार्यलय बनाईनेछ ( भिडियो सहित )

जलेको पार्टी कार्यलय अवलोकन गर्दै प्रचण्डले भने, अब नयाँ र भव्य कार्यलय बनाईनेछ ( भिडियो सहित )

  • मङ्लबार, भदौ ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भदौ ३१ काठमाण्डौँ । नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन् । पेरिसडाडामा रहेको जलेको कार्यलयको अवलोकनपछि उनले जेनजी आन्दोलनका शहीदहरुको स्मरण गर्दै श्रदाञ्जली दिएका थिए ।

त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष पचण्डले कार्यलय जलाईयो र जले पनि देश विदेशमा रहेका पार्टी सदस्यहरुको सहयोगमा अझ भव्य र नयाँ पार्टी कार्यलय बनाउने उद्घोष गरेका हुन् ।

आगजनीबाट केही माइन्युट र पुस्तकालय जोगिएको भन्दै त्यहाँका श्रमिकलाई धन्यवाद समेत दिए। ‘पार्टी कार्यालयका सबै कोठाहरु, मजदुर, वाइसीएलका कार्यालयको पनि अवलोकन हामीले गर्‍यौँ,’ प्रचण्डले भने, ‘निकै ठूलो क्षति भएको हामीले देख्यौँ। फेरि पनि पार्टीका माइन्युटहरू बचेको भन्ने सुने मैले।’

‘त्यसको लागि यहाँ काम गर्नेहरुलाई धन्यावद भन्न चाहान्छु। त्यसैगरी केही कम्प्युटर र पुस्तकालय बचेको रहेछ। त्यसको लागि पनि धन्यावद भन्न चाहान्छु,’ उनले थपे।

दुई दिनमै पार्टीका युवाहरुले धेरै सफाइ गरिसकेको भन्दै उनले आभार समेत व्यक्त गरे। ‘अहिले सफाइ कार्यक्रममा तपाईं युवाहरु सहभागी हुनुभएको छ,’ प्रचण्डले भने, ‘दुई दिनमा नै तपाईंहरुले सफाइलाई एउटा स्तरमा पुर्‍याइसक्नुभएको रहेछ। त्यसको लागि सबैलाई धन्यवाद भन्न चाहन्छु।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी