भदौ ३० काठमाण्डौँ । नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ।
राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीत्रय ओमप्रकाश अर्याल रामेश्वर खनाल र कुलमान घिसिङलाई अहिले बिहान ११स्३० बजे शपथ खुवाइने भएको हो।
पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय( भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।
यी नाम उनले आइतबारै राति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेकी छन्।
जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार शुसीला कार्की प्रधानमन्त्री बनेकी हुन् ।
तत्कालीन ओली नेतृत्वको सरकारले दर्ता नगरिएको भन्दै फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय (भदौ १९ गते) गरेको ३ दिनपछि भदौ २३ गते जेनजी ९नवयुवा पुस्ता० ले काठमाडौँसहित देशका विभिन्न सरहरमा प्रदर्शन गरेको थियो।
त्यस क्रममा सरकारले दमन गर्दा प्रहरीको गोली लागेर काठमाडौँको बानेश्वरमा १७ जना र विराटनगरमा २ जना आन्दोलनकारी मारिएका थिए भने सयौँ घाइते भएका थिए।
त्यसपछि भोलिपल्ट भदौ २४ गते उग्र बनेका प्रदर्शनकारीले नेताका घर, सार्वजनिक संस्था, व्यापारिक प्रतिष्ठान मात्र होइन, संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतसमेत जलाइदिए। घरभित्रै पसेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दम्पती नै कुटिएपछि बाध्य भएर ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको अन्तरिम सरकारले जनाएको छ।