२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्याएको छ । उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्ध पार्टी रहेको बताएका हुन् ।
प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रुपमा अलोकतान्कि र असंवैधानिक भएको उनले बताएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै खड्काले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको बताएका छन् ।
साथै सभापति देउवामाथि भएको हमला पनि निन्दनीय भएको उनले भनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline