एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने

एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने

  • शनिबार, भदौ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौँ, २८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने भएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले आज एक विज्ञप्ति निकालेर मुलुकमा उत्पन्न असमान्य परिस्थितिमाझ देशको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धिको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएकामा जोड दिनुभएको छ ।

महासचिव पोखरेलले यही भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएपछि राजनीति नयाँ प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री नियुक्त हुने बित्तिकै उहाँकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको प्रतिनिधिसभा विघटनको घोषणाप्रति नेकपा (एमाले) गम्भीर भएको बताउनुभएको छ । एमालेले यही भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ