जेनजी आन्दोलनमा बर्बर दमन गर्नेदेखि सिंहदरबार जलाउने सम्मलाई कार्बाही गर्न नारायणकाजीको माग

जेनजी आन्दोलनमा बर्बर दमन गर्नेदेखि सिंहदरबार जलाउने सम्मलाई कार्बाही गर्न नारायणकाजीको माग

४७ सालदेखि सार्वजनिक पदमा बसेका मान्छेको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गर्न सुझाव

  • शनिबार, भदौ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन गरेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजीहरूमाथि बर्बर दमन गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

आज चार बुँदामा आफ्ना धारणा सार्वजनिक गर्दै उनले घोषित मितिमै आम निर्वाचन सम्पन्न हुनुपर्नेमा पनि जोड एिका छन्।

‘भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत लगायत राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक, निजी संरचना सम्पतिमाथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोशीमाथि कारवाही गर,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, २०४७ साल देखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पति छानविन गरि अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर।’

प्रधानमन्त्री सुशीला कार्कीलाई हाम्रो समर्थन रहनेछस् नारायणकाजी
श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत हुन पनि आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्

निम्न मुद्दा आजको हाम्रो मूल मुद्दा ।

एक, घोषित मितिमै आम निर्वाचन सम्पन्न गर,

दुई ,भाद्र २३ गते आन्दोलनकारी जेन जीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, सितलनिवास ,सर्वोच्च अदालत लगायत राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक ,निजी संरचना( सम्पति माथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोशीहरुमाथि कारवाही गर,

तीन,भ्रष्टाचारीहरू माथि कारवाही गर ,सुशासन कायम गर। २०४७ सालदेखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पति छानविन गर र अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर,

चार, राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रको रक्षा प्रति सचेत होऔं।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ