भदौ २८ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले हालको प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव फागुन २१ गते तोकेको शीतलनिवाासबाट जारी विज्ञप्तिमा उल्लेख छ।
पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन्।
नागरिक सरकार गठनका लागि ओलीले गरेका थिए सिफारिस
उनलाई ६ महिनाभित्र चुनाव गराउने कार्यभारसहित प्रधानमन्त्री नियुक्त गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline