भदौ २७ काठमाण्डौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ जेनजी आन्दोलनपछि भएको सहमतिसँगै संसद विघटन भएकोमा आपत्ति जनाएको छ ।
माओवादी केन्द्रको भर्चुअल पदाधीकारी बैठक बसेर जनताको सार्वभौम संस्था प्रतिनिधि सभा विघटन हुनु लोकतन्त्रमाथिको गंभीर आद्दात भएको निष्कर्ष निकालेको पार्टी सचिव देवेन्द्र पौडेलले पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभा विघटनले राज्यलाई अस्थिरतातर्फ र प्राप्त उपलब्धिहरुको समाप्ति गर्नेतिर षड्यन्त्र भएको हुँदा पार्टी त्यसको विरोधमा उत्रिने बताए। लोकतन्त्र, संघीयता र संविधानको पक्षमा दृढतापुर्वक उभिन उनले अपिल गरे।
यसै गरी एमाले महासचिव शंकर पोखरेलले संसद विघटन गर्ने निर्णयको बिरोध गरेका छन् । एमालेको आधिकारीक बैठकबाट निर्णय आउन भने बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline