भदौ २३ र २४ गतेको घटनाको दमन र विध्वशक घटनाहरुको छानविन हुनु पर्छ : गगन थापा

भदौ २३ र २४ गतेको घटनाको दमन र विध्वशक घटनाहरुको छानविन हुनु पर्छ : गगन थापा

  • शुक्रबार, भदौ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

भदौ २७ काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्ने र सुधार गर्नेबारे १६ मिनेट लामो भिडिओ सन्देश जारी गर्दै पार्टी पुनर्गठन गर्ने, जनतालाई जोड्ने र धुजा धुजा भएको पार्टीलाई खरानीबाटै उठेर अघि बढाउने संकल्प गरेका छन् ।

ुपार्टीका साथीहरूमा अपिल– हामी सच्चिनेछौं, अनि झन् बलियो भएर उठ्नेछौुं भन्दै महामन्त्री थापाले शुक्रबार जारी गरेको भिडिओ सन्देशमा पार्टीको गति र मति जिम्मा लिएर मिलाउने उल्लेख छ।

‘हामीभित्र भएको सारा फोहोरहरू सफा गरौं, सारा दागहरू मेटाऔं, कांग्रेस यस्तो संस्थाको रूपमा प्रस्तुत गर्छौं– हामी कानुनको शासनभित्र रहेर काम गर्छौं। कुनै पनि व्यक्ति कांग्रेस सदस्य भएकोले गर्दा राज्यबाट केही अतिरिक्त सुविधा प्राप्त गर्दैन,’ उनले भने।

‘कांग्रेस पार्टी अब नेपाली समाजलाई र राज्यलाई तीब्र दलीयकरणबाट बाहिर निकाल्छ, हामीलाई तपाईंको साथ भने चाहिन्छ, यो गर्ने हो,’ उनले भने, ‘अर्को, पार्टीको पुनर्संरचना। यत्रा भ्रातृ र शुभेच्छुक छन् पार्टीमा तर भदौ २४ गते हामीले के महसुस गर्‍यौंरु निरिहता। हाम्रो पार्टी गुटउपगुटमा टुक्राटुक्रा भएको छ। यसलाई हामीले बदल्ने हो। विधानमा रहेका पार्टीको तह अब चाहिँदैन। पार्टीले छानेका व्यक्ति नेतृत्व र उम्मेदवार हुने हो अब। पार्टीमा नचाहेका संस्थाहरू नराख्ने, स्वतन्त्र ढंगले चल्न दिने। यति गर्‍यो भने पार्टी नागरिकतर्फ फर्कन्छ।’

घर र पार्टी कार्यालय आगोलागी गर्न आउँदा र सभापति शेरबहादुर देउवामाथि आक्रमण गर्न आउँदा कांग्रेस कति खोक्रो भएको रहेछ भन्ने देखाउने उनले उल्लेख गरेका छन्।

उनले नौजवानहरुको आन्दोलनमा भदौ २३ मा भएको दमन र भोली पल्टको विध्वंशक घटनाको निष्पक्ष छानविन गर्नु पर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी