अन्तरीम सरकार गठनको वार्ता दिँउसो दुई बजेका लागि सर्यो

अन्तरीम सरकार गठनको वार्ता दिँउसो दुई बजेका लागि सर्यो

  • शुक्रबार, भदौ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दिएको छ ।

अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति बने पनि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्नेमा अन्योल छ ।

बिहीबार मध्यरातबाट सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषयमा कुरा मिलेन । संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण वार्ता सहमतिमा पुग्न नसकेको स्रोतहरू बताउँछन् ।

जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सक्ने विषयमा कानुन व्यवशायीहरुसँग सुझाव लिईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ