अहिलेको राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र सभामुखले पहल लिनु पर्छ : पूर्व राष्ट्रपति भण्डारी

अहिलेको राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र सभामुखले पहल लिनु पर्छ : पूर्व राष्ट्रपति भण्डारी

  • बिहिबार, भदौ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिएकी छन्।

‘जेनजी’ले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित गरेको आन्दोलनमा १९ युवाको ज्यान गएपछि भड्किएको हिंसा, आगजनी र तोडफोडका कारण मुलुक स्तब्ध बनेको भन्दै उनले बिहीबार एक विज्ञप्तिमार्फत यस्तो संवेदनशील घडीमा संविधानको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिएकी हुन् ।

ुप्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार कामचलाउ अवस्थामा छ। तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संस्थाहरू विद्यमान छन्। त्यसैले वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ,ु भण्डारीले विज्ञप्तिमा भनेकी छन्।

उनले युवा पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यतासहित सही दिशातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औंल्याउँदै हिंसा र तोडफोडबाट राज्य तथा सम्पदामा पुगेको क्षतिको गम्भीर छानबिन गर्नसमेत सम्बद्ध सबैलाई आग्रह गरेकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ