भदौ २६ काठमाण्डौँ । संविधान र गणतन्त्रको रक्षाका लागि माओवादी केन्द्रले प्रदर्शन गरेको छ । आज अखिल क्रान्तिकारी र वाईसिएलले सँयुक्त रुपमा कोटेश्वरबाट तिनकुने हुँदै महादेवस्थान हुँदै पार्टी मुख्यालय पेरिसडाँडा सम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनमा युवा विद्यार्थीहरुको सहभागीता रहेको अखिल क्रान्तिकारीका उपमहासचिव निरोज श्रेष्ठले जानकारी दिए ।
उनीहरुले जनताको संवैधानिक सर्वोच्चता कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर, संविधान मास्न पाईदैन, देश बेच्न पाईदैन , राष्ट्रपतिलाई सार्वजनिक गर , सैनिक कु बन्द गर , जेनजी युवाको माग पूरा गर लगायतका नारा लगाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline