सिके राउत पनि संसद भंग गर्न नहुने पक्षमा , देश नै नरहने कि भन्ने चिन्ता

सिके राउत पनि संसद भंग गर्न नहुने पक्षमा , देश नै नरहने कि भन्ने चिन्ता

  • बिहिबार, भदौ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

जनमत पार्टीका अध्यक्ष सिके राउतले जेन–जीको आन्दोलन दुरूपयोग गर्ने खेल भइराखेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न जाने र देश नै नरहने कि भन्ने चिन्ता थपिएको बताएका हुन्।

‘प्रिय जेन–जी । तपाईंहरूले देशको निकासको लागि गरिराखेको पहलको समयमा केही कुराहरू याद राख्नु पर्ने हुन्छ। देश केवल गिस्कोर्ड ग्रुपको, एउटा निश्चित वर्ग, जाति र समूहको मात्रै होइन, तपाईंहरूले गर्ने हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराई–मधेससम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेश र लुम्बिनीसम्म, खसआर्यदेखि मधेशी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पछाडि पारिएका वर्गसहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनु पर्दछ। सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने खालको हुनु पर्दछ,’ उनले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘तपाईंहरूले आन्दोलन गर्नु भयो तर पर्दा पछाडि यसै अवसरलाई दुरुपयोग गर्न धेरै कुराहरू भइराखेका छन्। देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ।’ राज्यका महत्त्वपूर्ण सबै अंगहरू जलेर खरानी भएको उनले बताएका छन्।

देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका पनि उनले बताएका छन्।

‘त्यसैले अहिलेको संक्रमणकालीन स्थितिमा संशोधनको आवश्यकता पक्कै रहे पनि संविधानलाई चलाउने होइन ९निर्वाचन पछि गर्दा हुन्छ , र अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसदलाई पनि भंग गर्नु हुँदैन, अन्यथा देशमा रिक्तता निम्तिन्छ,’ उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ