संवैधानको रक्षा भएन भने झन अराजकता पैदा हुन्छ र राष्ट्रियता संकटमा पर्छ : जनार्दन शर्मा

संवैधानको रक्षा भएन भने झन अराजकता पैदा हुन्छ र राष्ट्रियता संकटमा पर्छ : जनार्दन शर्मा

  • बिहिबार, भदौ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

भदौ २६ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधानको रक्षा नभए देशमा थप अराजकता पैदा हुने र राष्ट्रियता थप संकटमा पर्ने बताएका छन् ।

सङ्कटको बेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमा पर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटो मार्फत समाधान निकाल्न उनको सुझाव छ ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ। परिस्थिति अनुसारको सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो संविधानका सबै धाराको अक्षरशः पालना नहुन सक्छ तर सबैलाई स्वीकार्य सरकार गठन गर्दा समेत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ