जेनजी आन्दोलनलाई समृद्धिमा केन्द्रित गर्न नेता श्रेष्ठको आग्रह

जेनजी आन्दोलनलाई समृद्धिमा केन्द्रित गर्न नेता श्रेष्ठको आग्रह

  • बुधबार, भदौ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, भदौ २५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।

जेनजी आन्दोलनलाई ऐतिहासिक आन्दोलनको रुपमा उल्लेख गर्दै उहाँले सुशासन र भ्रष्टाचारविरुद्ध उठाइएको मुद्दामा समर्थन रहेको बताउनुभयो । श्रेष्ठले अराजक तत्वहरूको घुसपैठले आन्दोलनलाई नकारात्मक मोड दिएको र राज्यका निकायसहित सार्वजनिक सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको टिप्पणी गर्नुभयो ।

श्रेष्ठले पाँच बुँदे अपिल गर्दै विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन, लोकतन्त्रलाई परिमार्जन गरेर अगाडि बढाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहित राजनीतिक स्थिरता कायम गर्न, सुशासन र भ्रष्टाचार अन्त्यलाई सुनिश्चित गर्न तथा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ