प्रधानमन्त्री ओलीले पद त्याग गर्न ढिलाई गर्दा स्थिति थप चर्कियो : गगन विश्व ( विज्ञप्ति सहित )

प्रधानमन्त्री ओलीले पद त्याग गर्न ढिलाई गर्दा स्थिति थप चर्कियो : गगन विश्व ( विज्ञप्ति सहित )

पार्टीलाई जरैबाट पूर्ण रुपान्तरण गर्न लाग्ने प्रतिवद्धता

  • बुधबार, भदौ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं भदौ २५ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्न ढिलाइ गर्दा स्थिति थप चर्किएको बताएको छ। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निष्कर्ष निकालेका हुन्।

ुसामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ। हाम्रो पटक(पटकको आग्रहका बावजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सही सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं,ु विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले जेनजी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पुर्‍याउन पनि आग्रह गरेको छ। तर, उक्त निर्णय पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराएका छन्। ुविधि विहीनताले थप अराजकता निम्त्याउँछ, त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यु र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैड्ढानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस्। त्यसमा हाम्रो समर्थन रहनेछ, विज्ञप्तिमा भनिएको छ।

उनीहरुले पार्टीलाई जरैबाट रुपान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

null

null

null

null

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ