काँग्रेसले भन्यो जेनजीको नाममा भएको प्रदर्शन लोकतान्त्रिक विरोधको मर्म र भावना विपरीत

काँग्रेसले भन्यो जेनजीको नाममा भएको प्रदर्शन लोकतान्त्रिक विरोधको मर्म र भावना विपरीत

  • बुधबार, भदौ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

भदौ २५ काठमाण्डौँ । नेपाली कांग्रेसले जेनजीको प्रदर्शनको क्रममा भएको घटनाप्रति दुस्ख व्यक्ति गर्दै नहुनुपर्ने घटना भएको बताएको छ।

प्रवक्ता डा प्रकाशरण महतले आज विज्ञप्ति जारी गर्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको बताएका हुन्।

ुदेश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,, उनले विज्ञप्तिमा भनेका छन्, मलगायत धेरैको घर निजी सम्पत्ति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ। यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो।

यो हिंशात्मक घटनाले देशको लगानीको वातावरण पनि विगारेको र दश बर्षे माओवादी द्धन्दमा भन्दा धेरै क्षति भएको उनले भनेका छन् ।

साथै उनले काँग्रेस सभापतिमाथि भएको सांघातिक हमलाको पनि भत्र्सना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ