नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टोप बहादुर रायमाझी सहित कैदी सुनधारा कारागारबाट भागे

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टोप बहादुर रायमाझी सहित कैदी सुनधारा कारागारबाट भागे

  • बुधबार, भदौ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप–प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी सहित संयौ कैदी बन्दी भागेका छन्।

सुन्धारा कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्।

कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीन– चार सय जना कैदीबन्दी छन्। कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्।

अन्य कतिपय कैदीबन्दीहरूले भने प्रशासनमा फोन गरेर आफूहरू फर्किने बाचा गरिरहेको स्रोतले बतायो।

डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीहरू पनि भाग्न खोजेका थिए। तर सेनाले उनीहरूलाई केन्द्रीय कारागार स्थानान्तरण गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ