काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले फेसबुकमा लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन । विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन’, फेसबुकमा लेखेका छन्, ‘तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु ।’
उनले जनताको सेवामा निरन्तर लाग्ने भन्दै यतिवेला सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको अनुभूति भएको र यसको नतिजा भयावह हुने आशङ्का गरेका छन् । ‘
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline