भदौ २४ काठमाण्डौँ । हिजो हिंसाग्रस्त बनेको वानेश्वर संसद भवन वरपर अहिले ठूलो संख्यामा प्रदर्शनकारीहरु जम्मा भईरहेका छन् । शंखमुल, मिनभवन र पुरानो वानेश्वर तिरबाट संसद भवन वरिपरि आन्दोलनकारीहरु जम्मा भईरहेका छन् ।
भीड्ले उग्र नारा लगाउदै ढुगामुडा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ ।
संसद भवनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ । सो भवनको पहरा सेनाले दिईरहेको छ । बाहिर भीड नियन्त्रणका लागि शसस्त्र र जनपद प्रहरी परिचालित छ ।
हिजो वानेश्वर क्षेत्रमै गोली चल्दा १७ जनाको मृत्यु भएको थियो भने संयौ घाईते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline