भदौ २४ काठमाण्डौँ । जेनजी पुस्ताले शुरु गरेको आन्दोलनमा १९ जनाको ज्यान जाने गरी दमन भएपछि आज दोस्रो दिनको आन्दोलन पनि उग्र बन्न थालेको छ ।
आज उग्र प्रदर्शनकारीहरुले प्रचण्ड निवासमा ढुंगा मुडा हानेर क्षति पुर्याएका छन् । खुमलटार स्थित निवास बाहिर अहिले पनि प्रदर्शनकारीहरुले ढुंगा हानीरहेका छन् । त्यता जाने क्रममा उनीहरुले बाटोमा रहेको प्रहरी बिट पनि जलाएका थिए ।
यसै गरी प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वी सुव्वा गुरुङको निवासमा पनि आगजानी गरेका छन् । उनीहरुले तोडफोड गरेर आगजानी गरेको बताईएको छ ।
वानेश्वर, कलंकी, ललितपुरका विभिन्न स्थानमा प्रदर्शन चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline