जेनजी युवाको आन्दोलन आज पनि निरन्तर, बानेश्वर चोकमा कफ्यु तोडे

जेनजी युवाको आन्दोलन आज पनि निरन्तर, बानेश्वर चोकमा कफ्यु तोडे

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, २४ भदौ।
जेनजी युवाहरुको आन्दोलन आज पनि काठमाडौंमा निरन्तर जारी छ। सोमबारको घटनापछि मंगलबार बिहानैदेखि नयाँ बानेश्वर चोक आन्दोलनकारी युवाहरुले नाराबाजीसहित कब्जा गरेपछि त्यहाँ फेरि तनावपूर्ण अवस्था सिर्जना हुने अवस्था देखिएको छ ।
प्रदर्शनमा मृतकका आफन्तसमेत सहभागी भएका छन्। उनीहरुले “केपी ओली राजीनामा दे”, “बच्चा मार्न पाइँदैन”, “भ्रष्टलाई देश निकाला गर” जस्ता नारा लगाएका छन्। आक्रोशित भीडले चोकमा विरोध प्रदर्शन गरिरहेको छ ।

यसबीच, प्रहरीले सुरक्षा घेराबन्दी थप गर्दै माइकिङमार्फत कफ्यु आदेशको जानकारी गराइरहेको छ। तर, प्रदर्शनकारी हट्न तयार भएका छैनन् । उनीहरुले चर्को नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् ।

बानेश्वर क्षेत्रको सडकमा छिटफुट सवारीसाधन मात्र गुडिरहेका छन् भने पसल र व्यापारिक प्रतिष्ठान बन्द भएका छन्।

आन्दोलन चर्कँदै गएपछि बानेश्वर वरपरका शंखमुल, मिनभवन र शान्तिनगर क्षेत्रमा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ