भदौ २४ काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ( बालेन ) ले जेनजीमाथिको दमनपछि कडा स्टाटस लेखेर प्रधानमन्त्रीको आलोचना गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई आतंकवादीको संज्ञा दिँदै लेखेका छन् , “ त भरौटेहरुको पो बा भईस्, साच्चै नै कहिल्यै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्, यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन ” ।
यसै गरी उनले ओलीलाई थप टिप्पणी गरेका छन्, त नेता त के मान्छे पनि बन्न सकेनस्, आतकवादी होस्” ।
उनको स्टाटसमा सात घण्टामा पाँच लाख बढी लाईक र एक लाख बढी कमेन्टहरु आएका छन् । ९५ हजार जनाले शेयर गरेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline