सम्पादकीय : जेनजीमाथि दमनको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिउन

सम्पादकीय : जेनजीमाथि दमनको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिउन

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

जेनजीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको बिरुद्ध आन्दोलन गर्ने भन्दै विभिन्न सञ्जाल मार्फत अपील गरीरहेका थिए । ती अपीलहरु टिकटकमा ट्रेन्डिङमा थिए । यसले राज्य संयन्त्रलाई थाहा थियो कि कोही नेतृत्व छैन भनिएको यो आन्दोलनमा ठूलो संख्यामा बिद्यार्थीहरु सहभागी हुनेछन् ।

आन्दोलनको अघिल्लो दिन गोदाबरीको सनराईज हलबाट प्रधानमन्त्री केपी ओलीले भन्दै थिए , जेन जि ले विद्रोह गर्ने रे भन्ने सुन्दैछु , के जेनजी ठगी खाने भाँडो हो ? भन्दै व्यग्य गर्दै थिए ।

प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो र त्यो पदमा रहेका व्यक्ति जिम्मेवार हुनु पर्छ । उनको त्यो ब्यग्यले युवाहरुलाई थप उत्तेजित बनाएको थियो । फलस्वरुप माईतीघरमा भेला भएर फुल र बोट बिरुवा समेत नचुड्ने, तोडफोड नगर्ने भन्दै अघि बढेका बिद्यार्थीहरुले बबर महलमा आईपुग्दा केपी ओलीको तस्वीर च्याते ।

फेसबुक लगायतका सामाजिक सञ्जालमाथिको प्रतिवन्धलाई देशको स्वाभिमानसँग जोडेर भाषण गरीरहेका प्रधानन्त्रीले युवाहरुको आक्रोशलाई सामान्य रुपमा लिनु गंभीर त्रुटी देखिन्छ ।

आन्दोलनमा सामान्य झडप हुनु , भीड नियन्त्रणमा अश्रुग्यास प्रहार , पानीका फोहरा हान्नु स्वभाविक नै हुन्छ । तर ताकी ताकी छाती र टाउकोमा गोली हानिनु , अस्पताल भित्र प्रवेश गरेर समेत धरपकड गरिनु यो मानव अधिकारको गंभीर उलंघन र सत्ता शक्तिको चरम दुरुपयोग हो । १९ जना युवा बिद्यार्थीको ज्यान एकै दिनमा लिने कुराले प्रधानमन्त्रीको हातमा रगत लतपतिएको छ । तपाई आफ्नो सुरक्षाका लागि दर्जनौँ सेना, शसस्त्र, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी लिएर हिडिरहनु भएको छ । तपाईलाई आफ्नो जीवनको माया कति छ ? ती मारिएका निहत्था युवाहरुको जीवनको मुल्य कति अनुपम थियो होला ?

अतः अब नैतिक रुपमा तपाईले राजीनामा दिएर वातावरण सहज बनाउनुस् । अहिले आम मानिसमा देखिएको आक्रोश साच्चै विद्रोहमा परिणत भयो भने तपाईको अवस्था थप खराब हुनेछ । देश तपाईको व्यक्तिगत ठेक्का हैन , तपाईले बचाउने र तपाईले जोगाउने हैन । देश त आम साझा भावना भएका नेपाली जनताहरुले बचाउने हो ।

यो विनाशकारी नरसंहारको जिम्मेवारी तपाई प्रधानमन्त्री, गृहमन्त्री रमेश लेखक र विरोध गर्नेको जिब्रै थुत्नु पर्छ भन्ने सञ्चारमन्त्री पृथ्वी शुब्बा गुरुङले लिनु पर्छ ।

अर्कोतिर यत्रो बच्चाहरुको रगत बग्दा समेत चुपचाप ओलीलाई काँध हालिरहने शेर बहादुर देउवाको पनि अब नेपाली राजनीतिक मञ्चमा औचित्य समाप्त भएको छ ।

ओली देउवाले बुझ्नु पर्छ यो नयाँ युग हो । लाठी गोली र बुटले युवाहरुको आवाजलाई दबाउन सकिदैन । उनीहरुको ेभावना, मनोविज्ञान र मागको संवोधन गर्न सक्ने नेतृत्व देशले खोजेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ