सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौँ, २३ भदौः सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ ।

सर्वोच्च बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल आमनागरिकको अभिव्यक्ति र सम्पर्कको माध्यम भएकाले उक्त निर्णय तत्काल स्थगन गर्न माग गर्नुभएको हो । यस्तै, प्रदर्शनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

“विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचारविरूद्ध ‘जेनजी’ ले आज मुलुकभर प्रारम्भ गरेको विरोध प्रदर्शन तथा आन्दोलनमा भएका अप्रिय घटनाबाट प्रदर्शनकारी घाइते भएका र सार्वभौम नागरिकको मृत्युसमेत हुन गएकातर्फ बारको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ