माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार गरेको दावी

माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार गरेको दावी

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

२३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरसंहार गरेको दावी गरेको छ।

‘जनतासँग माओवादीः मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।

जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् ।

जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।

अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी थिए । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किँदै गरेको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।

‘सरकारले ताकी ताकी गोली हानेको छ । यो हत्या नभएर नरंसहार नै गरेको देखियो । सुरुमा हेलचेक्याइ गर्‍यो र पछि गोली नै चलायो’ शीर्ष नेताहरूको निष्कर्ष सुनाउँदै सांसद सापकोटाले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने बुझाइमा नेताहरू छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ