माओवादी केन्द्रको पदाधीकारीको आकस्मिक बैठक बसेर जेन जी पुस्ताको माग तत्काल संवोधन गर्न आग्रह

माओवादी केन्द्रको पदाधीकारीको आकस्मिक बैठक बसेर जेन जी पुस्ताको माग तत्काल संवोधन गर्न आग्रह

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

भदौ २३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको आकस्मिक बसेको पदाधीकारी बैठकले जेन जी पुस्ताको आन्दोलनका माग तत्काल संवोधन गर्न आग्रह गरेको छ ।

गोरखामै अध्यक्ष प्रचण्डले उपलव्ध पदाधीकारीहरुको बैठक बोलाएका थिए ।

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक बसेको छ ।

सोमबार भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको माओवादी केन्द्रको बैठक बसेको हो ।

बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गर्दै प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ