भदौ २३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनका मागहरु तत्काल संवोधन गर्दै तत्काल गंभीरताका साथ लिएर ठोस कदम चाल्न अपील गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रचण्डले लेखेका छन् , “आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुस्खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।
जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।”
उनले यस अघि हिजो पनि जेन जी आन्दोलनमा दमन नगर्न सरकारलाई सचेत गराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline