भदौ २३ काठमाण्डौँ । जेन जी पुस्ताका लाखौँ युवाहरुले टिकटक लगायत सामाजिक सञ्जालबाट आव्हान् गरेको प्रदर्शनको पहिलो दिन नै सरकारलाई सुरक्षा व्यवस्था कायम राख्ने हम्मे परेको छ ।
सरकारले अनुमान गरे भन्दा बिपरीत प्रदर्शनकारीहरुको ठूलो संख्या र देशभर एक साथ भएको प्रदर्शनले सरकारलाई सुरक्षा व्यवस्थामा गंभीर चूनौती देखिएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बिरुद्ध भनिएको प्रदर्शनले पहिलो दिननै उग्र रुप लिएको छ । उनीहरुले प्रहरीको घेरा तोडेर संसद भवन भित्र प्रवेश गरेका छन् । शसस्त्रको गाडी नै कब्जा गरेर तोडफोड गरिदिएका छन् ।
शसस्त्रको गाडी नै कब्जा भएपछि सरकारले सेना परिचालन गरेको छ वानेश्वर, तिनकुने र शंखमुल क्षेत्रमा तर अझै प्रदर्शन नियन्त्रणमा आएको छैन ।
आज कफ्र्यु आदेश जारी भए सँगै सेना सडकमा आएको हो ।
प्रदर्शनकारीमाथि प्रहरीले गोली नै चलाएको छ जसबाट एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाईते भएका छन् ।
अहिले संसद भवन, सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्री निवास लगायतका क्षेत्रमा थप सुरक्षा तैनाथी गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीको गृहक्षेत्र दमकमै चर्किएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ जसमा एक प्रदर्शनकारी घाईते भएका छन् ।
बीरतामोड, बीरगञ्ज, बिराटनगर, पोखरा, वुटवल लगायतका क्षेत्रमा पनि जेनजीको बिशाल प्रदर्शनहरु भएका छन् ।