भदौ २३ काठमाण्डौँ । जेनजी आन्दोलनको पहिलो दिन नै उग्र बनेको छ । माईतीघरमा भेला भएर बबरमहलमा प्रधानमन्त्री केपी ओलीको तस्वीर च्यातेर वानेश्वर पुगेका आन्दोलनकारीले प्रहरीको निषेधित क्षेत्र तोडेर संसद भवनको गेट भत्काएर ससद भवन छिरेका थिए ।
त्यसपछि प्रहरीले गोली, अश्रुग्यास र पानीको फोहरा हानेको थियो । त्यही आन्दोलन चर्किदै गएपछि प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको बताईएको छ । त्याहाँ सय बढी घाईतेहरुको उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ ।
केही गंभीर घाईतेहरुलाई ट्रमा सेन्टर लगिएको छ । अहिले पनि आन्दोलन जारी छ । देशका अन्य शहरहरु बिराटनगर, पोखरा, वुटवल , बीरगञ्ज लगायतका क्षेत्रमा पनि आन्दोलन जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline