भदौ २३ काठमाण्डौँ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार बिरुद्ध जेनजी पुस्ताले काठमाण्डौँमा आधिकारीक रुपमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर घोषणा नभएको वुटवल, पोखरा, बीरतामोड लगायतका शहरमा पनि प्रदर्शन भएको छ ।
काठमाण्डौँमा माईतीघरमा भेला भएका प्रदर्शनकारीहरु सरकार बिरुद्ध चर्का नारा लगाउदै निषेधित क्षेत्र वानेश्वर सम्म पुगेर नाराबाजी गरीरहेका छन् ।
उनीहरुले बबरमहलमा प्रधानमन्त्री केपी ओलीको तस्वीर समेत च्यातेका छन् ।
जेनजी पुस्ता सामाजिक सञ्जालबाट सडकमा उत्रिएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline