बिधान महाधिवेशनमै पनि ओलीले गरे बिद्या भण्डारीको आलोचना

बिधान महाधिवेशनमै पनि ओलीले गरे बिद्या भण्डारीको आलोचना

  • आइतवार, भदौ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनको समापनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फेरि आलोचना गरेका छन्।

समूहगत छलफलमा प्रतिनिधिहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टी अध्यक्ष बन्न उछलकुद गर्न थालेपछि सदस्यता रोक्नुपरेको बताएका हुन्।

म उहाँको सम्मानमा तलमाथि हुने गरी केही भन्न चाहन्नँ। तर अहिले उहाँलाई अध्यक्ष बनाउन सकिँदैन। यथार्थ त्यही हो। उहाँ अध्यक्ष हुन आउन लाग्नुभएको हो। उहाँ कार्यकर्ता हुन, स्थायी कमिटीमा बस्न, पोलिटब्युरोमा बस्न आउन खोज्नुभएको हो र,ु उनले भने, ुपूर्वराष्ट्रपति भण्डारी अध्यक्ष हुन आउन लाग्नुभए हो, नआउनुस्।

पार्टी अध्यक्ष बन्न दौडधुप गरिरहेको, विभिन्न गतिविधि गरिरहेको आफूले चाल पाएपछि भण्डारीलाई सम्झाएको समेत ओलीले बताएका थिए।

उहाँ अध्यक्ष बन्न सक्ने अवस्था नभएकाले, त्यो सबै सुनेपछि मैले नै उहाँलाई खुलस्त भनेको हुँ। उहाँले अलिकति त्रुटि गर्नुभयो , अध्यक्ष ओलीले भने।

राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले अगाडि भने, उहाँले दुई वर्ष अगाडिदेखि सदस्यता लिनुभएको रहेछ। कसैले खोजीनिती गरेको थिएन। अकिलकति उछलकुद देखियो, जब अध्यक्ष नभइ छोड्दिनँ भन्नुभयो, जब पार्टी अध्यक्षको आलोचना भित्रभित्र गर्न थाल्नुभयो, विभिन्न साथीभाइको साथ र सहयोग खोज्न थाल्नुभयो, सहयोगी बेठीक ढंगले जुटाउन थाल्नुभयो !

पूर्वराष्ट्रपति भण्डारी आउने हो भने पार्टीलाई मिलाएर, छत्रछाया दिने हिसाबले, एकताबद्ध बनाउने भनेर आउनुपर्ने ओलीको भनाइ थियो।

उहाँ आउने हो भने पनि, पार्टीलाई मिलाएर झन् छत्रछाया दिने, एकताबद्ध बनाउने भनेर आउने होला, आउनुपर्थ्यो होला, ओलीले भने। तर पूर्वराष्ट्रपति भण्डारी आउँदा आउँदै पार्टीमा ुमहाविवादु खडा गरेर, पार्टीलाई माथिदेखि तलसम्म दुई फ्याक पारेर आउने हो र भन्दै प्रश्न गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ