एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

  • आइतवार, भदौ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

ललितपुर, २२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेस गरिएको छ ।

ललितपुरमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताउनुभएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताउनुभयो ।

महाधिवेशनको तेस्रो दिन समूहगत छलफलका क्रममा नेताहरुबाट व्यक्त भएका भनाइका सम्बन्धमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको उहाँको भनाइ थियो । उहाँले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको पनि दाबी गर्नुभयो ।

“सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेस गरिसक्नुभयो । दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाइसकेका व्यक्ति पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्न सुझाव दिनुभएको छ”, उहाँले भन्नुभयो ।

सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेल, गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङ, बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डल, कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडा, गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ