राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छः उपप्रधानमन्त्री सिंह

राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छः उपप्रधानमन्त्री सिंह

  • शुक्रबार, भदौ २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ, २० भदौः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताउनुभएको छ । उहाँले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताउनुभयो ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यहाँका विद्यार्थी केबल शिक्षित मात्र होइन, सक्षम, दक्ष र प्रतिस्पर्धी पनि छन् । स्वदेशमै उत्कृष्ट शिक्षा लिन सकिन्छ भन्ने उदाहरण यो क्याम्पसले प्रस्तुत गरेको छ ।”

कन्या बहुमुखी क्याम्पसले विशेष गरी महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको उल्लेख गर्दैै उहाँले विगत ४५ वर्षको यात्रा अत्यन्तै प्रेरणादायक रहेको बताउनुभयो । स्थापनाकालमा ७७ विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले करिब ७०० विद्यार्थीको शिक्षाको थलो बनेकाले आफैँमा एक ऐतिहासिक उपलब्धि भएको उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यस क्याम्पसले नारीको शिक्षामा मात्र नभई समग्र शिक्षा प्रणालीमै गुणस्तरीय योगदान पु¥याउँदै आएको छ । देशका करिब ६० भन्दा बढी जिल्लाका विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् । यसबाट नै यहाँको लोकप्रियता र प्रभाव स्पष्ट हुन्छ ।”

यस क्याम्पसबाट अध्ययन गरेर विद्यार्थीले देशका विभिन्न आयोग, सरकारी निकाय तथा निजी क्षेत्रसम्म सफलतापूर्वक रोजगार पाएका तत्थ्याङ्कले देखाएकाले यहाँ अध्ययन गरेका विद्यार्थी सबै क्षेत्रमा उत्कृष्ट भएको आफूले महसुस गरेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । हाल क्याम्पसमा विद्यार्थीको चाप बढ्दै गएकोप्रति पनि ध्यानाकर्षण गराउँदै उहाँले शिक्षा क्षेत्रमा थप स्तरोन्नतिको आवश्यकता औँल्याउनुभयो ।

“सरकार यस क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र प्राविधिक सशक्तीकरणमा आवश्यक सहयोग गर्न तत्पर छ । यस क्याम्पसलाई अझ बलियो र आधुनिक बनाउन राज्यले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने देखिन्छ । शिक्षाको स्तरोन्नति र गुणस्तर वृद्धिका लागि सरकारले सक्दो सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसकी प्रमुख अपराजिता अर्यालले क्याम्पसले हाल विभिन्न चुनौतीका बाबजुद पनि शैक्षिकस्तरलाई उत्कृष्ट बनाउन सफल भएको बताउनुभयो ।

“विविध चुनौतीबीच पनि हाम्रो क्याम्पसले देशभरिमा आफूलाई उत्कृष्ट शैक्षिक संस्था बनाउनेतर्फ कदम चालेको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिएको थियो भने केही प्राध्यापक र कर्मचारीलाई लामो समयको योगदानका लागि कदरपत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थीलगायत विभिन्न शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ