संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्न सभामुखको निर्देशन

संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्न सभामुखको निर्देशन

  • शुक्रबार, भदौ २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

२० भदौ, काठमाडौं । सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ ।

सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्‍को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो रोखका छन् ।

‘संसद्‍ सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिइसक्नुभएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।

संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको छ । सरकारले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक २५ भदौ र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्दैछ ।

संसद् बैठकमा सांसदहरूले बोलेका भिडियो समेत युट्युबमा अपलोड हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ