बालबालिकासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

बालबालिकासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

  • बिहिबार, भदौ १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, १९ भदौः प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छफलका लागि विषयगत समितिमा पठाएको छ । प्रतिनिधिसभाको आजको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले राख्नुभएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावलाई सभाको सर्वसम्मति स्वीकृति प्राप्त भएको थियो । सभामुख घिमिरेले उक्त विधेयकमाथि संशोधन राख्न चाहनेले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भन्ने कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते दिउँसो १ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ