उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्रित छौँः गृहमन्त्री लेखक

उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्रित छौँः गृहमन्त्री लेखक

  • आइतवार, भदौ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

वीरगञ्ज (पर्सा), १५ भदौः गृहमन्त्री रमेश लेखकले उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउनेतर्फ काम भइरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उपभोक्ता अदालत स्थापना भएर हाल कार्यसम्पादन गर्दै आइरहेको र यसलाई थप बलियो बनाउन सरकार केन्द्रित रहेको बताउनुभएको हो ।

“उपभोक्ता अदालतले आफ्नो काम गरिरहेको छ । अदालतलाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउनेतर्फ पनि काम अघि बढेको छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “हामीले उपभोक्ताको अधिकारको विषयलाई अत्यन्त महत्त्वपूर्ण हिसाबले हेर्नुपर्ने हुन्छ । त्यसका लागि मैले सबैलाई आग्रह गरिरहेको छु ।”

गृहमन्त्री लेखकले कार्यक्रममा रासायनिक मलखादको समस्या र उखु किसानको अनुदानको कटौती गर्नु हुँदैन भनेर उठेका विषयतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । “मधेस प्रदेशमा पछिल्लो समय जलसङ्कट भइरहेको छ । वीरगञ्जलगायत ठाउँमा पानीको समस्या छ”, उहाँले भन्नुभयो, “अर्काेतर्फ यहाँ हैजाको प्रकोप पनि देखिएको छ । प्रकोप विस्तारित हुन थालेपछि केन्द्रीय सुरक्षा समितिको बैठकमार्फत नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयमार्फत तीनवटै सुरक्षा निकायका स्वास्थ्यकमी परिचालन गर्ने निर्णय गरेका छौँ ।”

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत उपभोक्ताको हित र अधिकार संरक्षण गर्नेतर्फ लागिरहेको जानकारी दिनुभयो । “कुनै पनि वस्तुको उत्पादनमा ‘एमआरपी’ राखिएको छैन वा बढी पैसा लिएको छभने पनि उपभोक्ता अदालतमा जान सक्नेछौँ”, उहाँले भन्नुभयो, “उपभोक्ता अदालतको फैसलाले चिकित्सा क्षेत्रमा भने केही समस्या भयो भनेर गुनासो पनि आइराखेको छ । त्यसलाई कसरी मिलाउने भनेर काम भइरहेको छ ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उपभोक्ता सरकार र व्यवसायी दुवैबाट ठगिँदै आइरहेको गुनासो गर्नुभयो । कृषि सामग्री केन्द्र लिमिटेडका प्रादेशिक कार्यालय प्रमुख दुर्गा पाण्डेयले किसानलाई मागअनुसार पर्याप्त मात्रामा अनुदानको मल उपलब्ध गराउन नसकेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ