रञ्जिताले बोलाएको बैठकमा रेशम चौधरी सहभागी नहुने

रञ्जिताले बोलाएको बैठकमा रेशम चौधरी सहभागी नहुने

  • आइतवार, भदौ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं भदौ १५ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले काठमाडौंको जमलस्थित येलो प्यागोडामा केन्द्रीय समिति बैठक बोलाएकी हुन्।

पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेण्डासहित बैठक बोलाइएको अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य र संघ र प्रदेशका सांसदहरूलाई निमन्त्रणा गरिएको छ। तर, बैठकमा अध्यक्ष रञ्जिता पक्षका सदस्यहरूमात्र सहभागी हुने स्रोतले बताएको छ।

बैठकमा पार्टी संरक्षक रेशम चौधरीको उपस्थिति हुने छैन।

रेशम चौधरी पक्षका कोही सदस्य पनि बैठकमा सहभागी नहुने बताइएको छ। संस्थापक सदस्यहरूमध्ये बहुमत सदस्य रेशम चौधरीको पक्षमा रहेको स्रोतको दाबी छ।

रेशम पक्षले रञ्जितालाई हटाएपछि निर्वाचन आयोगले श्रेष्ठ नै पार्टीको अध्यक्ष भएको निर्णय सुनाएपछि उनी सक्रिए भएकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ